७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेसकाे अवराेधपछि प्रतिनिधि सभा बैठक जेठ १ सम्मका लागि स्थगित

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १८:४८


काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधपछि सभामुख देवराज घिमिरे प्रतिनिधि सभा बैठक स्थगित गर्नुभएकाे हाे । उहाँले आगामी जेठ १ गते साँझ ६ बजेसम्मका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयाे ।

बजेट अधिवेशनकाे पहिलाे बैठककै दिन कांग्रेसले राेष्ट्रम घेर्दै नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठक पनि कांग्रेसले अवरुद्ध गरेपछि सभामुखले कार्यक्रमहरु सूचीबाट हटाएर बैठक स्थगित गरेकाे घाेषणा गर्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !