७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

गृहमन्त्री रवि लामिछानेलाई सदनमा बाेल्न दिनुपर्छ – केपी ओली

प्रकाशित मिति :  २८ बैशाख २०८१, शुक्रबार १५:५०


काठमाडाैं । सत्तारुढ नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा बाेल्न दिनुपर्ने बताउनुभएकाे छ ।

शुक्रबार बसेकाे पार्टीकाे संसदीय दलकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले लामिछानेले आफूमाथि उठाइएका प्रश्नकाे जवाफ दिनु पाउनुपर्ने लाेकतान्त्रिक कुरा भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘मलाई लाग्छ कांग्रेसले दलकाे नेताका रुपमा रविलाई बाेल्न दिने मन्त्रीकाे रुपमा बाेल्न नदिने भन्न सक्छ, तर रविमाथि उठाइएका प्रश्नकाे जवाफ रविले दिन नपाउने भन्ने कुरा लाेकतान्त्रिक कुरा हाेइन म कांग्रेसलाई फेरी सम्झाउन चाहान्छु, छलफल हुन्छ, हामी कसैकाे पक्षमा छैनाैं, अर्गेलाइँकाे चाहिँ विपक्षमा छाैं, कांग्रेसले अर्गेलाे खेल खेल्नुहुँदैन ।’

आफूहरुले कसैलाई अर्गेल्याँइ नगर्ने, अर्गेलाे खेल नखेल्ने, अलाेकतान्त्रिक नभएर लाेकतान्त्रिक अभ्यास गर्ने र सत्य कुरा बाेल्ने अध्यक्ष ओलीले बताउनुभयाे ।

यदी उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाइएको खण्डमा कांग्रेसले तत्काल राजीनामा माग गर्न सुरु गर्ने समेत उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले कांग्रेसकै सनकका भरमा कुनैपनि समिति नबन्ने पनि बताउनुभयाे ।

अध्यक्ष ओलीले संसदीय नीति नियम ख्याल गरेर सदनमा प्रस्तुत हुन आग्रह गर्नुभयाे । बजेट अधिवेशनलाई प्रभावकारी बनाउनुपर्ने भन्दै उहाँले बजेटका सिद्धान्त र प्राथमिकता राम्राे नरहेकाे बताउनुभयाे । यद्यपि त्याे पारित गर्ने कार्यक्रम नभएकाले खासै फरक नपर्ने बताउनुभयाे ।

उहाँले देश बनाउने नीति के हाे ? समृद्ध नेपाल सुखी नेपाली भनेकाे के हाे ? हाम्राे गन्तव्य समृद्ध नेपाल सुखी नेपाली पूरा गर्न साेही अनुसार नीति तथा कार्यक्रम आउने बताउनुभयाे । देशका सबै पक्षसम्बन्धी नीति के हुन् ? विकास र वातावरणकाे सन्तुलन लगायत विषयमा नीति तथा कार्यक्रममा बहस हुनुपर्ने बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !