१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

प्रकाशित मिति :  २ चैत्र २०७७, सोमबार ०५:४४


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । आजको बैठक हिजोकै बैठकको निरन्तरता हो ।

आइतबारको बैठकले माओवादीबाट निर्वाचित भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । नेकपा विभाजन पछि प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लाग्नुभएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा लगायतका नेताहरु नेकपा एमालेको सरकारमा हुनुहुन्छ ।

उहाँहरुले बरु पद छाड्ने तर माओवादीमा नफर्कने बताउँदै आउनुभएको छ ।  बैठकले पार्टीका केन्द्रीय कमिटीलगायत विभिन्न कमिटीमा रहेका सदस्यहरु नेकपा एमालेमा लागेको सन्दर्भमा स्पष्टिकरण माग्ने निर्णय  समेत गरेको थियो ।

आजको बैठकमा पार्टीका आगामि रणनीतिको बारेमा विस्तृत छलफल हुने बताइएको छ । यसका साथै केन्द्रीय सदस्यहरुले बैठकमा रिपोर्टिङ समेत गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस !