१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

माओवादी स्थायी कमिटी चलिरहेका बेला भिम रावल पेरिसडाँडा पुगेपछि‍‍‍…

प्रकाशित मिति :  २९ फाल्गुन २०७७, शनिबार ०८:०३


काठमाडाैं । माओवादी केन्द्रकाे बैठक चलिरहेका बेला एमाले नेता भिम रावल पेरिसडाँडा किन पुग्नुभयाे ? अहिले याे प्रश्नले धेरैमा आशंका उब्जाएकाे छ ।

रावल शनिबार बिहान पेरिसडाँडा पुग्नुभएकाे थियाे । जतिबेला माओवादी केन्द्रकाे बैठक चलिरहेकाे थियाे । स्राेतअनुसार रावल बैठकमा करिब २५ मिनेटजति बसेर फर्कनुभएकाे थियाे ।

बैठकपछि पत्रकारले भिम रावल किन आउनुभयाे ? भन्ने पत्रकारकाे प्रश्नमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठकाे जवाफ थियाे – ‘उहाँले व्यक्तिगत कामले यहाँ आउनुभएकाे थियाे ।’

सर्वाेच्चकाे फागुन २३ काे फैसलापछि प्रचण्ड समूहमा रहनुभएकाे माओवादी र एमाले नेताहरू आफ्नाे पार्टीमै फर्कनुभएकाे थियाे । रावल बैठक चलिरहेकै बेला पुगेपछि कतै माधवकुमार नेपाल समूह कतै फेरि प्रचण्ड समूहमै समाहित हुने त हाेइन भन्ने अड्कलबाजी भइरहेकाे छ । कसैले साे समूह फेरि मिल्ने त कसैले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीविरूद्ध फेरि नयाँ षडयन्त्र रच्न थालिएकाे हाे भन्ने समेत चर्चा भइरहेकाे छ ।

शुक्रबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले माओवादी ब्युँतिएपछि पनि एमालेमै रहने घाेषणा गर्नुभएकाे २३ जना पूर्व माओवादी नेताहरूलाई केन्द्रीय सदस्य मनाेनित गरेकाे थियाे । साे निर्णयमा माधव समूहले असन्तुष्टि जनाएकाे थियाे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मात्र माधव झलनाथहरूले सके एमाले कब्जा गर्ने नसके विद्राेह गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएकाे थियाे ।

माधव समूहकाे विराेध, प्रचण्डकाे अभिव्यक्ति र भिम रावल पेरिडाँडा पुग्नुका पछाडि केही न केही त पक्कै छ भन्ने पनि शंका उत्पन्न भएकाे एमाले नेताहरूकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !