१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र नेपालीकाे राष्ट्रिय आकांक्षाप्रति बजेट चुक्याे-केपी शर्मा ओली

प्रकाशित मिति :  २३ जेष्ठ २०८०, मंगलवार १०:५३


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशकाे आर्थिक अवस्थालाई सम्बाेधन गर्नेगरी बजेट नल्याएकाे बताउनुभएकाे छ ।

मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै अध्यक्ष ‌ओलीले सरकारले ल्याएकाे बजेट देख्दा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘अर्थमन्त्रीज्यू तपाइँले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन, बिल्कुल हुनेवाला छैन ।’

आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले बहुमतकाे बलमा बलजफ्ती पास गरेपनि बजेटकाे कुनै स्पष्ट नीति नरहेकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे । ‘हामीले पहिले पनि भनेका थियाैं, त्यतिबेला हामीलाई बहुतमत छ पास गरिन्छ भनेर उडाइयाे, पास भयाे कि फेल भयाे ? कागजमा पास भयाे फिल्डमा फेल भयाे ? जिराे नम्बर ल्यायाे ।’

नेपाल र नेपालीकाे राष्ट्रिय आकांक्षाप्रति बजेट चुकेकाे उहाँले बताउनुभयाे । यस बजेटकाे कुनै भिजन र पाेलिसी नरहेकाे भन्दै अध्यक्ष ओलीले प्रतिपक्षी बताउनुभयाे । बजेटले आम नेपालीकाे हित गर्न नसक्ने बताउनुभयाे ।

अध्यक्ष ओलीले पूजापाठबाट अर्थतन्त्र सुद‍ृढ भएकाे इतिहास कतै नरहेकाे कटाक्ष गर्दै चाहानाबाट मात्रै त्याे पूरा हुने बताउनुभयाे । प्रतिपक्षलाई उपलब्धिबाट जवाफ दिन सरकारलाई आग्रह गर्दै उहाँले भन्नुभयाे – ‘बहुमतकाे बलमा बलजफ्ति पास गर्नुस्, तर हामीलाई उपलब्धिबाट जवाफ दिनुस्, हामीलाई व्यक्ति हाेइन देशकाे सवाल छ ।’ विकृति हटाएर समस्याहरु नियन्त्रण नगरिए आर्थिक वृद्धिदर हासिल नहुने अध्यक्ष ओलीले बताउनुभयाे ।

बजेटमा व्यापारीकाे अनुहार देखिएकाे पनि उहाँले बताउनुभयाे । करका दरमा व्यापारीको अनुहार देखिने भन्दै अध्यक्ष ओलीले विचौलियाको प्रवेश देखिएको कुरा आएकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘यसपल्ट पनि सञ्चारमाध्यममा यस्ता विषय आए अनाैठा घटना घटेका छन् करका दर बढ्नेवाला छन् त्यसैबेला ११ सय गाडी आए अनुमानका भरमा व्यापारीहरु जुवाडे हाेइनन्, यकिनसाथ उनीहरुले लगानी गर्छन् ।’

सरकारले करका दर बढाउने र केही व्यापारिक घरानाले केही दिन अघि ११ सय गाडी किन्ने संयाेग कसरी मिल्याे भन्ने प्रश्न समेत अध्यक्ष ओलीले गर्नुभयाे । उहाँले भन्नुभयाे – ‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो, उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ, उहाँले भनेको कुरा नै साँचो होस्, अखबरमा आएका साँचा नहुन्, तर करका दर हेर्दा अनभिज्ञता हाे लापरवाही हाे या अरुथाेक कुराले प्रभाव पारेकाे छ ।’

आयात भन्दा पनि देशभित्रकै खानी प्रशोधन गर्न सरकारलाई सुझाव दिनुभयाे । देशलाई ओरालाे लैजाँदै जाने अनि हुंकार गर्ने भन्दै उहाँले प्रश्न गर्नुभयाे । एमालेले काेभिड महामारीकाे बेलामा पनि अर्थतन्त्रलाई जाेगाएकाे भन्दै उहाँले एमालेकाे सरकार ढलेपछि २ वर्षमा देशकाे अर्थतन्त्र तहसनहस भएकाे बताउनुभयाे ।

बजेट सदनमा पास भएर मात्र नभइ परिणामा पास हुनुपर्ने अध्यक्ष ओलीले बताउनुभयाे । विगतमा रेल, पानीजहाज, बाटाेका कुरा गर्दा एमालेलाई उडाउनेहरु आज त्यहि बाटाेमा हिँडिरहेका बताउनुभयाे । ‘हिजाे एमालेलाई उडाउनेहरु, हिलाे छ्याप्नेहहरु आज हिजाे पुछ्दैपुछ्दै त्यही बाटाेमा हिँडिरहेका छन् ।

राँगाेकाे कुरा लगेर आफूलाई जाेडेकाे भन्दै उहाँले नश्ल सुधारका लागि आफूले प्रस्ताव गरेकाे प्रष्ट पार्नुभयाे । आफूले सदन हाेस या राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सधैं देश र जनताकाे पक्षमा कुरा उठाएकाे भन्दै अध्यक्ष ओलीले कसैसँग दमित, लाेभि, त्रसित नभइ काम गरिएकाे बताउनुभयाे । ‘हिजाे पानीजहाजकाे कुरा उठाउने केपी ओली, रेलकाे कुरा गर्ने, पाइपलाइनकाे सम्झाैता गर्ने केपी ओली हाे’- उहाँले भन्नुभयाे ।



प्रतिक्रिया दिनुहोस !