१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘विद्यार्थी आन्दाेलनकाे गर्विलाे इतिहासलाई जिवित राखाैं’

प्रकाशित मिति :  ८ चैत्र २०७९, बुधबार १५:३७


–प्रकाश जैशी–

नेपाली राजनीतिमा अहम भुमिका निर्वाह गर्दै बिद्यार्थीको हक हित र बिद्यार्थीको भौतिक,मानसिक बिकासमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएर नेपाली समाजको बेथिति, विकृतीको विरुद्ध आवाज उठाउँदै आएको विद्यार्थी आन्दोलनको शशक्त संगठन एमाले निकट अनेरास्ववियु हो ।

राज्य सत्तालाई आफ्नो मातहतमा राज्य संञ्चलान गरिरहेका जाहनिया राणा शासन देखि निर्मम शाही शासनको विरुद्धमा आफ्नो कलम लाई सशक्त रुपामा समाज रुपान्तरणको लागि आन्दोलनमा होमिएको बिद्यार्थी आन्दोलन पनि अनेरास्ववियुको नै थियो ।

यस्तो गर्भीलो इतिहास बोकेर नेपाली समाजमा भएको बेथितिलाई जरा देखि नै समाप्त पार्न सक्ने क्षमता बोकेको बिद्यार्थी आन्दोलनको मुल धार अनेरास्ववियुलाई आजका नयाँ पुस्ताका बिद्यार्थी माझ पनि चिनाउन र यसको महत्तो बझाउँन जरुरी छ ।
त्यति मात्र होइन, यसले परिर्वतनका लागि गरेको संघर्ष र उपलब्धिका बारेमा पनि नयाँ पुस्ताका बिद्यार्थीलाई जानकार बनाउनु पर्छ । ताकी, भोलिको समाज निर्माणको सशक्त खम्बाको रुपमा निर्माण गर्नु हाम्रो दायित्व हो ।

अब यस्ता विषयमा आजको समाज, राज्य सत्ता र सरकार संञ्चलान गरिरहेका जिम्मेवार व्यक्तिले ध्यान दिनुपर्ने बेला आएको छ ।

हामीले देखाएको समाजबादको बिचार, साम्यवादको बाटो र माक्र्सवाद्को व्याख्याले मात्र समाजको कुरुती र बेथिति हटाउन सकिँदैन भन्ने कुरा आजको समाजले बुझिसकेको कुरा अब सरोकारवालाले बुझ्न जरुरी छ ।

बिद्यार्थीको व्यक्तित्व विकासलाई मध्य नजर गर्दै समाजको ब्याख्या र समाजको नयाँ अवधारणमा नवीनता प्रधान गर्न सक्ने संगठन हो बिद्यार्थी संगठन, बिद्यार्थी कालमा विद्यार्थीले समाजको अवधारणालाई लिएर देशको स्वास्थ, शिक्षा, खानेपानी बाटोघाटो र मनिसको जनजिवनलाई माथी उठाउन आर्थिक बिकासमा नयाँ अवधारणा दिन सक्ने बर्ग हो विद्यार्थी संगठन ।

२००७ सालको लोकतन्त्रको प्राप्तिको आन्दोलन देखी २०१७, २०३७, २०४६ र २०६२ आन्दोलनको अग्रह पंक्ती रहेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य निर्माणमा बिद्यार्थी आन्दोलनको सबैभन्दा ठुलो उपलब्धि हो ।
२०२२ सालमा सुजन खरेलको नेतृत्वमा आधिकारिक रुपमा स्थापना भएको विद्यार्थी संगठनले नेपालको राजनीतिक क्षेत्रमा सबै भन्दा ठूलो भुमिका खेलेको छ ।

विश्वविद्यालयलाई कस्तो बनाउने नेपालको शिक्षा प्रणालीलाई समय अनुसार परिमार्जन सहितको शिक्षा निति अवलम्बन गराउन पनि विद्यार्थी आन्दोलन ठूलो हात रहेको छ ।

बिद्यार्थी संगठन भनेको बौद्धिक संगठन हो, यसमा पार्टीको अंकुस लगाउन मिल्दैन । बिद्यार्थीको नेतृत्व बिकासका लागि अगाडि ल्याइएको स्ववियु संस्थालाई अहिले आफ्नो पार्टीको राजनीतिक कार्यकर्ता जन्माउने थलो रुपमा प्रयोग गर्दै ल्याइएको छ ।

एकपटक बिद्यार्थी आन्दोलनको इतिहासलाई पनि सरसर्ती हेर्ने हो भने जयतु संस्कृतम् आन्दोलन देखी असमान सन्धि सम्झौता विरुद्ध आन्दोलन, सुस्ता अतिक्रमण विरुद्ध आन्दोलन,खम्पा विरुद्ध आन्दोलन, चीनसंगको विवाद र सहमति कालापानी मार्च, सुस्ता बचाउ आन्दोलनको अगुवा विद्यार्थी संगठनले गरेका थिए ।

यो इतिहासलाई जिवित राख्नको लागि भए पनि हामी विद्यार्थी संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडि बढाउन चाहन्छौं ।



प्रतिक्रिया दिनुहोस !