१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

टि–२० श्रृंखलाको तेस्रो खेलमा वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार १६:०७


काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ ।

वेस्ट इन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि करण केसीले सर्वाधिन २८ रन बनाए । त्यस्तै लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो ।

वेस्ट इन्डिज एका लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए । ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे ।

त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए । नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए ।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २–१ को स्थितिमा पु¥याएको छ । पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो ।


565
Shares

प्रतिक्रिया दिनुहोस !