९ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको गयो ज्यान

प्रकाशित मिति :  १९ बैशाख २०८१, बुधबार १२:००


बुधबारे । इलामको रोङ गाउँपालिकामा भएको मारुती भ्यान दुर्घटनामा चालकको ज्यान गएको छ । देउमाई नगरपालिका घर भएका भ्यान चालक दिपेश राईको ज्यान गएको हो ।
घटनास्थलमा राई मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रकाश जवेगुले जानकारी दिए । दुर्घटनामा अर्का एकजना गंभीर घाइते भएका छन् । घटनामा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उहाँलाई फेला पारिएको उहाँले बताउनुभयो ।
बेहोस भएको अवस्थामा घटनास्थलबाट उद्धार गरी उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोडतर्फ पठाइएको छ । दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिव्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको छ । गाडी घटनास्थलमा नै रहेको डीएसपी जवेगुले बताउनुभयो ।
इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट ईलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान आफै अनियन्त्रित भई बाटोबाट अन्दाजी ५०० मिटर दाहिने साईड भिरबाट पल्टिई दुर्घटना हो ।



प्रतिक्रिया दिनुहोस !