१८ बैशाख २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जनकपुरमा जलिरहेको अवस्थामा महिला र बालिकाको शव भेटियो

प्रकाशित मिति :  ६ बैशाख २०८१, बिहीबार १३:२३


काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक महिला र बालिकाको शव फेला परेको छ ।

धनुषाको पुलचोकमा रहेको रेल्वे लिक नजिक जलिरहेको अवस्थामा प्रहरीले महिला र बालिकाको शव फेला पारेको हो । शव महोत्तरीको मनरा सिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतोको रहेको प्रहरीले जनाएको छ ।

ती महिलासँगै करिब नौ महिनाकी बालिकाको शव पनि फेला परेको छ । उनी तिनै महिलाको छोरी भएको हुनसक्ने अनुमान गरिएको छ ।

बुधबार राति शव जलिरहेको देखेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको थियो ।

महिला जलेको ठाउँमा पेट्रोलको बोतल पनि फेला परेको छ । पेट्रोल छर्केर आत्मदाह गरेको हो वा अन्य कसैले जलाएर भागेको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रियंका घरबाट राम नवमीमा जनकपुरको राम मन्दिर दर्शनका लागि हिँडेको बुझिएको छ । घरमा उनको पतिसँग झगडा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !