८ जेष्ठ २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल चीन आर्थिक तथा व्यापार मेला भव्य, अचम्म लाग्दा सवारी साधन

प्रकाशित मिति :  १८ बैशाख २०८१, मंगलवार २०:४०


काठमाडौं । नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला भृकुटीमण्डपमा भइरहेको छ ।

नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिब्बतको वाणिज्य विभागवीच सन् १९९० मा सम्पन्न दुई देशका सरकारको व्यापार प्रतिनिधिमण्डलबीच भएको सम्झौताअनुसार प्रत्येक दुई÷दुई वर्षमा यो मेला आयोजना हुदै गइरहेको छ ।

नेपाल चीन (तिब्बत) बीच दुई पक्षीय आर्थिक तथा ब्यापार आर्थिक र व्यापारिक सम्वन्ध अझ विस्तार गर्ने मेलाको प्रमुख उद्देश्य रहेको छ ।

मेलामा चीनको तर्फबाट ५० प्रदर्शनी कक्ष रहेको छ । भने नेपालको तर्फबाट १५ वटा प्रदर्शनी कक्ष रहेको छ ।

तिब्बतका स्टलहरुमा परम्परागत जडीबुटी, कृषिजन्य उत्पादन, आधुनिक कृषि औजार, चिया, विद्युतीय उपकरण, घरायशी प्रयोगका साधन, कार्पेट, पेयपदार्थ, परम्परागत हस्तकलाका सामान, परम्परागत धुप, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे, विद्युतीय सवारी साधन र सौन्दर्य प्रशोधनका अतिरिक्त बिभिन्न व्यापारिक कम्पनीहरुले मेलामा भाग लिएका छन् ।

प्रदर्शनीमा नेपाली किसानलाई सुहाँउदो सुलभ मुल्यका हाते ट्याक्टर पनि छन् । सवारी साधनमा नेपाली बाटोलाई सुहाँउदो चार पाङ्ग्रे विभिन्न मोडलका विद्युतिय गाडीहरु समेत छन् ।
विद्युतिय साना टिपर जस्ता । अटो जस्ता गाडीहरु पनि छन् । प्रर्दशनीमा मोपेड स्कुटर पनि छन् ।

प्रर्दशनीमा तिवव्तमा बनेका राम्रा राम्रा उच्च गुणस्तरको लुगाहरु पनि छन् ।

नेपालको प्रदर्शनी कक्षमा जडीबुटी, कफी, चिया, हस्तकला÷काष्ठकला, धातुकला, कार्पेट, पश्मिनालगायत विभिन्न कम्पनीका उत्पादनहरु छन् ।



प्रतिक्रिया दिनुहोस !