१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाङमा माटोको ढिस्काले पुरिएर दुई बालकको गयो ज्यान

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार २०:०७


काठमाडौं । दाङमा माटोको ढिस्काले पुरिएर दुई जना बालकको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका ती बालकहरूको बबई नदी किनारमा खेल्न जाने क्रममा माटोमा पुरिएर ज्यान गएको हो । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आशिष चौधरी र सोही स्थानका १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका दाङले जनाएको छ ।

सो गाउँका चारजना बालकहरू नदी किनारमा खेल्न गएका थिए । दिउँसो खेल्न गएका मध्येबाट ३ जना माटो खनेको खाल्डोमा पसेका थिए । खाल्डोमा पुरिएका एक बालकको भने जीवितै उद्धार गरिएको छ ।

दुईलाई भने गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगेकामा अस्पतालले मृत घोषित गरेको थियो । उनीहरूको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !