२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले सचिवालय बैठक जारी

प्रकाशित मिति :  २ बैशाख २०८१, आईतवार १७:४२


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक जारी रहेको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालय बैठक अपराह्न ४ बजेदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । बैठक दिउँसो २ बजे बस्ने भने तापनि आज प्रतिनिधिसभा बैठकको कारणले अपराह्न ४ बजेमात्र बैठक बसेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ मा हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !