१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भारतको नैनितालमा मोटर दुर्घटनामा परीे ८ जनाको गयो ज्यान ७ नेपाली

प्रकाशित मिति :  २७ चैत्र २०८०, मंगलवार १४:२३


काठमाडौं । भारतको उत्तराखण्डस्थित नैनिताल जिल्लामा गाडी दुर्घटना हुँदा सात जना नेपालीसहित आठ जनाको ज्यान गएको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया (पिटिआई)ले जनाए अनुसार, सोमबार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको हो ।

दुर्घटना भएको खबर प्राप्त भएपछि स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा सक्रिय भएको थियो ।

उध्दार टोली र स्थानीयले मिलेर घटनास्थलबाट आठ जनाको शव निकालेका थिए । मृतक सात जना महेन्द्रनगरका रहेको समाचारमा उल्लेख गरेको छ ।

मृतक नेपालीहरूमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।



प्रतिक्रिया दिनुहोस !