२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

हिन्दु परिषदको चेतावनी: अपराधीलाई कारवाही नगरे अवस्था भयावह हुन्छ

प्रकाशित मिति :  २३ चैत्र २०८०, शुक्रबार २०:५१


सुनसरी । भुटाहामा हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेको थियो । उक्त कुटपिट घटना विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा आज बिहानैबाट प्रदर्शन चर्काएका थिए । उक्त घटनाप्रति परिषदले ध्यानाकर्षण भएको समेत जनाएको छ ।

हिन्दु–मुस्लिम युवाहरुको झडपले सुनसरी अशान्त,

एसईई परीक्षा दिन रामनगर भुटाहास्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय आएकी बहिनीलाई लिनआएका जिवन मेहतालाई निर्घात कुटपिट गरि गम्भीर घाईते बनाईएको छ । योजनाबद्ध रुपमा घटाईको उक्त घटनामा छड्, बाँसको भाटा, पाईप, हेल्मेट आदिले ज्यानमार्ने गरी कुटपिट गरिएको भिडियोमा सहजै हेर्न सकिन्छ । घाइते जीवन मेहता धरानमा उपचाररत छन् ।

कुटपिट भईरहँदा परीक्षा केन्द्रमा सुरक्षाको लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कुनै प्रकारको कदम नचालेका कारण भिड्ले उग्र रुप लिदैे, विद्यालय अगाडीबाट कुटपिट गर्न सुरु गरेको भिड्ले मेहतालाई घिसार्दै बजारमा लग्दासमेत प्रहरी प्रसाशनले आवश्यक कदम नचाल्नु एवं हालसम्म घटनामा संलग्न जिहादी अपराधीहरुलाई नियन्त्रण नगरिनुले प्रशासनको आचरणमाथि समेत प्रश्नवाचक चिन्ह खडा भएको छ,’

हिन्दु र मुस्लिम समुदायका युवाहरुको झडपले उग्र रुप लिएपछि आज बिहानबाट अशान्त बनेको सुनसरी भुटाहा क्षेत्रको अवस्था नियन्त्रण बाहिर गएको छ ।

दुवै पक्षको हुलका कारण कुरक्षाकर्मी पछि हट्नुपर्ने स्थितिको सिर्जना भएकोे उल्लेख गर्दै सुनसरी प्रहरीले अहिलेसम्म ५१ राउण्ड बढी हवाई फायर, साथै निषेधाज्ञा समेत जारी गरीएको थियो ।

प्रशासनद्वारा हिन्दू समाजको प्रतिक्रियालाई दबाउने प्रयास गरिए अवस्था भयावह हुने परिषदले चेतावनी दिदै । घटनामा परी घाइते भएका जिवन मेहता र गोली लागि घाईते भएका युवाहरुको यथोचित उपचारको व्यवस्था गर्न साथै ‘घटनाको संवेदनशीलतालाई मध्येनजर गर्दै घटनाका दोषीलाई यथाशीघ्र कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकाय समक्ष विश्व हिन्दू परिषद् नेपाल जोडदार माग गदै ।

भुटाहा क्षेत्र अशान्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा पालिकामा कर्फ्यु जारी गरिसकेको छ । शुक्रबार ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी भएको हो। सदरमुकाम रहेको इनरुवा नगरपालिकासहित हरिनगरा, कोशी, भोक्राहा र नरसिंह गाउँपालिकामा स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस !