७ जेष्ठ २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति :  २७ बैशाख २०८१, बिहीबार १०:५८


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा संसद्काे बजेट अधिवेशन, संसद्‍मा पार्टीकाे प्रस्तुति र रणनीति लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएकाे छ ।

सहकारी ठगी काण्डमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिँदै आएकाे कांग्रेसले यस विषयमा पनि निर्णय गर्नेछ ।

संसद्काे बजेट अर्थात बर्खे अधिवेशन भाेलि वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !