२० बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको गयो ज्यान

प्रकाशित मिति :  २३ चैत्र २०८०, शुक्रबार १२:०१


बैतडी । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– आठ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको ज्यान गएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको ज्यान गएको बताउनुभयो ।

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।

– रासस



प्रतिक्रिया दिनुहोस !