१९ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नक्कली बिल र स्टिकरविरुद्ध अनुगमन गरी आवश्यक कारबारही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  १८ चैत्र २०८०, आईतवार २०:४२


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे अनुगमन गरी आवश्यक कारबारही गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आइतबार आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा उहाँले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई गम्भीर अनुगमन गरि एक्सन लिन निर्देशन दिएका हुन् ।

उहाँले भन्नुभयो, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झुटा तथा नक्कली बिलबिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस् ।’

नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन उहाँले निर्देशन दिनुभयो ।

मुलुकमा समृद्धिको बाधकका रुपमा रहेको भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाएर जनतामा पैदा गरिएको निराशालाई चिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ । मुलुकको समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनैपर्छ । जनतामा पैदा गरिएको निराशालाई चिर्नु पर्दछ । यसका लागि बिगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन् । नयाँ सोचसहित अगाडि बढौं ।’



प्रतिक्रिया दिनुहोस !