१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दक्षिण अफ्रिकामा बस दुर्घटनामा ४५ जनाको गयो ज्यान, एक बालिका गम्भीर घाइते

प्रकाशित मिति :  १६ चैत्र २०८०, शुक्रबार १०:३७


काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवीतै उद्दार गरिएपनि उहाँको अवस्था गम्भीर रहेको छ ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उहाँको अवस्था गम्भीर रहेको छ ।

घटनापछि त्यहाँ स्थलगत निरिक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !