१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल चीन अनि रेलमार्ग

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार १४:५३


-अर्जुन धामी-

चीन र नेपालबीच रेलमार्ग जोडियो भने के हुन्छ ? सामान्य कुरा छ व्यापर गर्न सजिलो हुन्छ । चीन को कुनै पनि मालसामान नेपाल सजिलै आउँछ । अनि नेपालको कुनै पनि माल सामान सजिलै चीन पुग्छ । अर्थात व्यापारमा आयत निर्यत हुन सजिलो हुन्छ ।

अर्को कुरा निनियाँ पर्यटकलाई रेलमार्गबाट नेपाल आउन सजिलो हुन्छ । अर्थात कम खर्चमा जोकोही चिनियाँ नागरिक नेपाल आउँछन् । हवाईमार्गबाट आउने पर्यटक रेलमार्गबाट आउँदा अबस्य उनिहरु कम खर्चमा नेपाल आउँछन् । जोकोहीले पनि नेपाल घुमेर चीन जान सक्छन् । समग्रमा भन्दा पर्यटनको हव नेपालमा चिनियाँ पर्यटकको घुइचो लाग्छ ।

त्यतिमात्र होइन नेपाल चीन बिच रेलमार्ग सुरु भयो भने भारतको ठुलो टाउको दुख्छ । अनि अमेरिकाको चिन्ताको विषय हुन्छ ।

हो भारतको टाउको दुख्ने र अमेरिकाको चिन्ताको विषय हुने भएर नेपाल चीन बिच रेलमार्ग सम्पन्न हुन नसकेको हो । नभय विश्वलाई हर चिजमा चुनौति दिएको चीनले नेपालमा रेलमार्ग बनाउन, सञ्चालन गर्न कुनै ठूलो कुरा थिएन । चीनले विभिन्न परियोजना मार्फत नेपालमा रेलमार्ग जोड्ने कुराहरु ग्रिराखेकै छ ।

तर नेपालमा इन्डो अमेरिकी चलखेलको कारण चीन नेपाल रेलमार्ग सञ्चालन हुन नसकेको एक थरी मानिसको भनाइ छ ।

चिनियाँ रेल नेपाल आउदा व्यापारमा भारतिय एकाधिकार अबस्य तोडिन्छ ।
सोही कारण नेपालको विकासमा अबरोध खडा गर्न भारत लागि परेको बुझिन्छ ।

चीन नेपाल रेलमार्ग बन्दा भारत सरकारले नचाहादाँ पनि चीन र भारको नेपाल ट्रान्जिट प्वाइन्ट बन्छ । ट्रान्जिट प्वाइन्ट बन्दा भविष्यमा नेपालाई हेर्ने चीन र भारतको नजरमा समानता आउँछ र व्यापरको कुरामा भारतको नेपालमा चलखेल बन्द हुन्छ । त्यसै कारण पनि भारत नेपालमा चिनियाँ रेल आउन नदिने पक्षमा उभिएको पाइन्छ ।

नेपाल ट्रान्जिट प्वाइन्ट बन्दा नेपालमा तिव्र आर्थिक गतिविधि हुने र अमेरिकाको नेपालमा आर्थिक लोभ देखाएर नेपालमा गरिने सम्पूर्ण कार्य बन्द हुने हुँदा अमेरिका पनि नेपालमा चिनियाँ रेल नआवस भन्ने चाहान्छ ।

अर्को कुरा नेपालमा चिनियाँ रेल आउँदा सुलभ मूल्यमा चिनियाँ नागरिक नेपाल घुम्न आउने छन् । चीनमा धेरै बुद्ध धर्म लम्भी छन् । तिनिहरुको प्रभाव नेपालमा पर्ने भएकाले नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने अमेरिकाको खेति बन्द हुने भएकाले अमेरिका पनि चिनियाँ रेल नेपाल नआवस् भन्ने पक्षमा उभिन्छ ।

यहाँ अमेरिकाको कुरा किन गरिएको हो भने अमेरिका पनि नेपालको आन्तरीक राजनितिमा भारत जत्तिकै सकृय भएर खेल्न लागेको मुलुक हो ।

सोही कारण अहिले चर्चामा रहेको चीनको महत्वकाक्षी परियोजना नेपालमा कार्यानयन हुन नसकेको जानकारहरु बताउछन् ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीको सन् २०१६ मा चीन भ्रमणका क्रममा भएका सहमति÷सम्झौता कार्यान्वयन हँुन नसक्दा नेपालमा चिनियाँ रेल अन्यौल बन्न पुगेको हो ।

नेपालमा बीआरआई कार्यानयनमा आउदा सडकमार्ग रेलमार्गमा नेपाललाई कसैले पनि छेक्न नसक्ने भएकाले बीआरआई कार्यनयनमा अबरोध सिर्जना गर्न भारत अमेरिका लागेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !