१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद् बैठक आइतबार बिहान नौ बजे आह्वान

प्रकाशित मिति :  १५ चैत्र २०८०, बिहीबार ०९:००


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको लागि संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ ।

बैठक आइतबार बिहान नौ बजे बोलाइएको छ । संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाइएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्का सदस्यमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता, प्रतिनिधि सभाको उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस !