१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

प्रकाशित मिति :  ५ चैत्र २०८०, सोमबार २२:५९


काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार बिहान भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो । न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई अनुमति दिएको हो ।

सुन तस्करी प्रकरण छानबिनका लागि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई पक्राउ परेका हुन् ।

भेपमार्फत सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङसँग महराको निकट सम्बन्ध देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !