१६ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चीनको महत्वकाक्षी योजना विआरआईमा ब्रेक लगाउन भारत लगाएत शक्ति राष्ट्रहरु किन लागि परेका छन् ?

प्रकाशित मिति :  १५ माघ २०८०, सोमबार ०८:०१


काठमाडौं । विश्वका शक्तिशाली राष्ट्रहरुले चीनलाई आफूभन्दा तल पार्नकै लागि पनि चीनको महत्वकाक्षी योजना वीआरआई लाई असफल बनाउन लागीपरेको अनुमान लगाउन सकिने अबस्था छ ।

अमेरिका जस्तो शक्तिशाली राष्ट्रलाई समेत हरेक कुरामा च्यालेन्ज दिने चीनले वीआरआईलाई थव विस्तार गर्यो भने अरु शक्तिराष्ट्रहरु निरिह बन्नुपर्ने भन्दै चीनको महत्वकाक्षी योजनालाई असफल बनाउन विभिन्न शक्तिराष्ट्रहरु लागि परेका छन् ।

छोटो समयमा चमत्कार गर्ने चीनको प्रमुख कडी भनेकै कडा मिहिनेत हो भन्ने कुरा सबैमाझ जगजायर छ ।
मिहिनेतबाट मात्र हरकुराको सम्भब हुन्छ भन्ने बुझेको चीनले वीआरआई मार्फत आफ्नो लगानी विभिन्न राष्ट्रमा लगाउँदा सबै राष्ट्रले चीनको मिहिनत नजिकबाट बुझ्ने र सबै चीन जस्तै मिहिनेती बन्ने हुँदा अरु शक्ति राष्ट्रहरुलाई कडा चिन्ता भएको हो ।

वीआरआई घोषडा भएको एक दशक भन्दा बढी हुँदा पनि चीनले यस्को व्यापक रुपमा प्रचार गर्न नसक्नुमा अमेरिका भारत लगाएत राष्ट्रको अबरोध हो भन्ने धेरैले अनुमान लगाउन सक्ने स्थिति भएको छ ।

विभिन्न मानिसको आंकलन बुझ्दा नेपालमा समेत वीआरआईको लगानी भित्रन नदिनको लागि अमेरिका भारत खुलेरै लागि परेको एक थरिको आंकलन छ ।

छिमेकी धनी हुदाँ, केही न केही राम्रो प्रभाव छिमेकीलाई अबस्थ पर्छ भन्ने कुरा विर्सिएर भारतले निरन्तर वीआरआईको विरोध गर्दैै आईरहेको छ ।
नेपाल मात्र नभएर भारत पनि चीनको छिमेकी राष्ट्र हो । आफ्नो छिमेकी राष्ट्रले अघि सारेको विशाल परियोजनामा सहभागी हुनुभन्दा विरोध गर्नु भारतको राम्रो चाल होइन भन्ने पनि सहजै अनुमान लगाउन सकिन्छ ।

गौतम बुद्धको थलो नेपालमा वीआरआई प्ररियोजनाले गति लिन थाल्यो भने नेपाल चीन सँग नजिक हुने र हर कुरामा भारको र्निभरता हट्ने र भारतको अघिनमा भन्दा बाहिर नेपाल रहने र नेपालको विकासमा पनि चमत्कार हुने डरले भारत पनि नेपालमा वीआरआई सफल नहोस् भन्ने एक थरिको तर्क छ । यो तर्क यसो सोच्दा सही पनी हो ।

चीन वुद्ध धर्मलम्बी धेरै भएको राष्ट्र हो । हरेक बुद्ध धर्मलम्बीहरुलाई सहज बाटो घाटो हुँदा जीबनमा एक चोटी हरेकी चिनियाँ नागरिकलाई लुम्वीनीको दर्शन गर्नमन लाग्नु स्वभाविकनै हो ।

धार्मीक कारणले पनि नेपालको चमत्कार हुुने डरले भारत नेपालमा हर तवरले वीआईको विपक्षमा उभिएको हो ।

त्यही भएर एक थरिमानिसको विचारमा चिनियाँ प्रभाव विश्वमा कम गर्नकैलागि पनि शक्तिराष्ट्रहरु अमेरिका, भारत लगाएत राष्ट्रहरु विश्वमा वीआर आई असफल बनाउन लागि परेका छन् भने नेपालमा पनि अमेरिका र भारत खुलेर वीआरआईको प्रभाव कम गर्न लागी परेका छन् ।



प्रतिक्रिया दिनुहोस !