१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अमेरिकाको हस्तक्षेप नेपाल हुँदै ताइवान सम्म, ताइवानी चुनावमा अमेरिकाको जित

प्रकाशित मिति :  ६ माघ २०८०, शनिबार ०६:५२


काठमाडौं । अमेरिकाले आफ्नो प्रतिशपर्धी राष्ट्र चीन सँग सोझै प्रतिशपर्धा गर्न नसकेर चीनको छिमेकी राष्ट्रहरुलाई हातमा लिन खोजेको कुरा सबैमाझ जग जाहेर छ ।

त्यसै गरि चीन सँग प्रतिशपर्धा गर्नकै लागी अमेरिकाले अहिले ताईवानको चुनाबमा हमला गरि आफू पक्षिय मानिसलाई राष्ट्रपतिको चुनाबमा जित हासिल गराउन सफल भएको छ ।
अनेक लोभ लालच देखाएर गरिव तथा सान राष्ट्रहरुलाई आफूतिर आर्कषण गरान सक्ने खुवी भएको अमेरिकाले अहिले ताईवानको चुनावमा सिधै हमला गरेको हो ।

ताइवानमा शनिबार भएको राष्ट्रपतिय निर्वाचनमा सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी)का लाइ चिङ–टे विजयी हुन् भएको छ । उहाँ अमेरिका निकट हुनुहुन्छ ।

उहाँले जित हासिल गरे सँगै भन्नुभएको छ अब चीनले ताइवानलाई हेर्ने नजर फेरियोस् । अर्थात अब ताईवान हरेक भाषा सस्कृति, रितिरिवाज, चालचलन मिल्ने चीन सँग होइन केही पनि नमिल्ने मात्र स्वार्थ हेर्ने अमेरिका सँग नजिक भएको छ ।

अमेरिका सँग ताइवानको केही पनि मिल्दैन । नत भाषा मिल्छ, न त त्याहाँ बस्ने मानिसको लवाई खुवाईनै मिल्छ । नत रहन सहन नै मिल्छ । न त भौगोलिक हिसाबले नै नजिक छ ।

अमेरिकाले आफू अनुकुल ताइवानलाई राखे चीन सँग प्रतिशपधा गर्न सहज हुने भएकाले अमेरिकाको दिब्य नजर ताइवान मा भएको हो ।

अहिलेको विश्व शक्ति अमेरिकालाई च्यालेन्ज गर्न अहिलेको बेलामा कसैले सक्छ भने त्यो चीनले मात्र सक्छ । आफू सँधै भरी विश्व शक्तिमा रहनको लागि अमेरिकाले चीनलाई टारगेट गरेको कुरा सबैमाझ जग जाहेर नै छ ।

त्यसोत ताईवानमा मात्र नभएर अमेरिकाले चीनलाई तरगेट गर्न नेपालमा सँग पनि उत्तिकै दिब्य दृष्टी लगाएको पाईन्छ ।

सहजै नेपालमा आफ्नो प्रभाव पार्न भन्दा भारत सँग मिलेर नेपालमा प्रभाव अमेरिकाले बढाइरहेको पाईन्छ ।
अमेरिकाको प्रतिनिधि मण्डलले समेत लाईको जितमा समर्थन प्रस्ताव गरेको थियो ।

लाइ चिङ्–टे ले उनका प्रतिशपर्धीको मिन ट्याङ्ग पार्टीका हउ योय इच र ताइवान पिपुल्स पार्टी (टीपीपी ) का उम्मेदवार वेन–जेलाई उछिन्दै जित हासिल गर्नुभएको थियो ।

लाईले ४०.५ प्रतिशत मत ल्याएर जित हासिल गर्दा उनका प्रतिशपर्धी इच र जे ले क्रमस ३३.४९ र २६.४६ प्रतिशत मत ल्याएर पराजय भोगेका थिए ।

राष्ट्रपति लाइ चिङ–टे सक्षम भन्दा पनि अमेरिकाको बलबुतामा चुनाव जितेको भनेर आंकलन समेत गर्न सकिन्छ ।

अमेरिकाको प्रभावले गर्दा ताइवानमा राष्ट्र प्रेमी उम्मेदवारले हार व्यहोर्नु परेको धेरैले अनुमान लगाउन सक्छन् ।



प्रतिक्रिया दिनुहोस !