२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अनेरास्ववियु आरआरले अन्तर कलेज तथा क्यामपस स्तरीय  ‘अखिल फुटसल कप २०८०’ गर्दै

प्रकाशित मिति :  १ आश्विन २०८०, सोमबार १३:४६


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु) आरआर क्याम्पस कमिटीले अन्तर कलेज तथा क्यामपस स्तरीय  ‘अखिल फुटसल कप २०८०’  सञ्चालन गर्ने भएको छ ।

आज क्याम्पसमा एक पत्रकार सम्मेलन गर्दै क्याम्पस कमिटीले नेपालीहरुकाे महान चाड दशै तिहार तथा छठकाे उपलक्ष्यमा अहिँ असाेज ८ देखि १० गते सम्म अनेरास्ववियु आर आर क्याम्पस कमिटी अन्तर क्याम्पस खुल्ला पुरुष फुटसल प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएकाे हाे । विगतमा पनि विभिन्न रचनात्मक तथा खेल कार्यक्रम गर्दै आएकाे अनेरास्ववियु आरआर क्याम्पस कमिटीले यसपटक फूटसल प्रतियाेगिताकाे आयाेजना गर्ने भएकाे हाे ।

नेपालकाे राजनीतिक अवस्था तथा विविध कारणले विद्यार्थीहरु पलायनकाे विकाराल अवस्था पैदा भएकाे र कलेज पढ्दै गरेकाे विद्यार्थी तथा देशका राष्ट्रिय स्तरका खेलाडी समेत पलायनकाे अवस्था सिर्जना भएकाले क्याम्पसमा विद्यार्थीलाई आकर्षित गर्न कार्यक्रम राखिएकाे बताउँदै अनेरास्ववियु आरआर क्याम्पस कमिटी अध्यक्ष लाेकेश खड्काले यस्ता कार्यक्रम उचित पुरस्कार सहित हरेक विद्यालयले राख्नु पर्ने बताउनुभयाे ।

‘विभिन्न प्रतियाेगितामा महत्वपूर्ण स्थान हासिल गरिरहनु भएका निकै खेलाडीहरु यस आरआर क्याम्पसकै विद्यार्थीहरु हुनुहुन्छ’ खड्काले भन्नुभयाे- ‘उहाँहरु यस्ता कार्यक्रम तथा प्रतियाेगिता आयाेजना गराउनका लागि हाम्राे लागि प्रेरणाकाे श्राेत हुनुहुन्छ ।’

खेलाडीहरूको जीवनलाई जीविकोपार्जन गर्न पनि कठिन भैरहेको अवस्थामा अनेरास्ववियु आर आर क्याम्पस कमिटीले विश्वविद्यालयभित्र रहेका विद्यार्थी खेलाडीहरूका बिचमा प्रतिस्पर्धा गराई सानो रकमको भए पनि नगद पुरस्कारको व्यवस्था गरेको कमिटीका अध्यक्ष लोकेश खड्काले बताउनुभएकाे छ ।

फुटसल प्रतियोगिता विजेताले एक लाख ११ हजार एक सय एघार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५५ हजार ५५५ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजकले जनाएकाे छ । साथै उत्कृष्ट विधाका खेलाडीहरुलाइ ट्रफिको पनि व्यवस्था गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयाे ।

आयोजकको तर्फबाट गर्ने सम्पूर्ण तयारीहरू सम्पन्न गरिसकेको आयाेजकले जनाएकाे छ । प्रतियाेगितामा सहभागी हुने क्याम्पसकाे टीमले प्रति टीम १० हजार रुपैयाँ टीम दर्ता शुल्क बुझाउनुपर्ने छ । प्रतियाेगितामा कक्षा १० भन्दा माथिका विद्यालयलाई समेत सहभागि गराउँन सकिने अध्यक्ष खड्काले बताउनुभयाे । असोज ५ गतेसम्ममा टीम दर्ता गरिसक्नु पर्ने आयाेजकले जनाएकाे छ ।

प्रतियोगिताको उद्घाटन र समापन आरआर क्यम्पस प्राङ्गण हुनेछ भने प्रतियोगिता फनपार्क कोट, काठमाडौं हुने र ठाँउ भने आयोजकको निर्णयमा परिवर्त समेत हुन सक्ने अध्यक्ष खड्काले बताउनुभयाे ।



प्रतिक्रिया दिनुहोस !