२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको गयाे ज्यान

प्रकाशित मिति :  २८ फाल्गुन २०७९, आईतवार ०७:०८


काठमाडाैं । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको निधन भएको छ । योसँगै दुर्घटनामा निधन हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

मध्यपहाडि लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा आज बस दुर्घटना हँुदा २९ जना घाइते भएका छन् । ओखलढुङगाबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सामुदायिक अस्पताल लगिएको छ । चालकको अवस्था सामान्य रहेको छ । उनको घुर्मीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भइ भित्तामा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !