२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पागाँमा भएकाे माओवादी जनयुद्ध शैलीको त्यो निर्मम अपराध किन प्रहरीले लुकायाे 

प्रकाशित मिति :  २८ फाल्गुन २०७९, आईतवार ०१:३६


काठमाडौं । फागुन ५ गते कीर्तिपुरस्थित एक पसल नजिकै भएको खुकुरी काण्डसम्बन्धी घटना प्रहरीले गुपचुप राखेकाे छ ।

पागाँमा रहेकाे एक पसलमा तीन जना युवकमाथि भएकाे खुकुरी प्रहार सम्बन्धी घटना प्रहरीले गुपचुप राखेर मिलाएकाे हाे ।

फागुन ५ गते राति करिब साढे १० बजे पाँगास्थित एक पसलमा वाघभैरवका तीन जना युवामाथि खुकुरी प्रहार भएकाे थियाे ।

३ जना युवा बसिरहेका ठाउँमा आएर एक युवाले उनीहरुमाथि अन्धाधुन्दा खुकुरी प्रहार गरेका थिए । साे खुकुरी प्रहारबाट सुप्रिम महर्जन घाइते भएका थिए । खुकुरी प्रहार गर्ने युवा पाँगाकै स्थानीय हुन् ।

पीडित पक्षका अनुसार साे घटनाबारे पीडितका आफन्तले प्रहरीमा जाहेरी दिए । प्रहरीले जाहेरी दर्ता पनि गर्‍याे । पीडितकाे उजुरीका आधारमा खुकुरी प्रहार गर्ने युवालाई प्रहरीले पक्राउ पनि गर्‍याे । तर पीडितलाई न्याय दिनुकाे सट्टा कांग्रेसका केही स्थानीय नेताकाे दबाब प्रहरीले नै घटनाकाे मिलापत्र गरायाे ।

आफूहरुलाई धम्क्याएर जबरजस्ती मिलापत्र गराइएकाे पीडितकाे गुनासाे छ । घाइतेकाे उपचारकाे माग गर्दा बिल लगायत काजगात पेस गर्न समेत धम्की दिइएकाे पीडित पक्षले बताएका छन् । यस्ताे गम्भीर घटना प्रहरी समक्ष पुगेरपनि प्रहरीले न्याय दिनुकाे सट्टा जबरजस्ती मिलापत्र गराएर आफूहरुमाथि अन्याय गरेकाे पीडितका एक आफन्तले बताए । ‘हामीलाई प्रहरीले न्याय दिएन, अब हामी न्याय माग्न अदालत जान्छौं’ – पीडितका आफन्तकाे भनाइ छ ।

कीर्तिपुर प्रहरी वृतका डीएसपी राजु लामाले भने यस घटनाबारे आफू जानकार नभएकाे दाबी गर्नुभयाे । ‘यस्ताे घटना भएकाे कुरा हाम्राे जानकारीमा आएकाे छैन, कसैले उजुरी पनि दिएकाे छैन, आपसमा लडेर आपसमै मिलाएर प्रहरी समक्ष नआएकाे पनि हुन सक्छ’- डीएपी लामाले  भन्नुभयाे ।

डीएसपी लामा गत माघ १९ गते कीर्तिपुर बृत्तमा सरुवा हुनुभएकाे थियाे । त्यसअघि उहाँ काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर ४ अपहरण, गुण्डागर्दी, जालसाझी र ठगी शाखामा कार्यरत हुनुहुन्थ्याे ।



प्रतिक्रिया दिनुहोस !