२१ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लागुऔषधसहित एक पक्राउ

प्रकाशित मिति :  ३१ असार २०७८, बिहीबार १५:०५


कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराको टोलीले लागुऔषध र नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

टोलीले दुई हजार १६ थान (एम्पुल) विभिन्न प्रकारका लागुऔषध र पाँच लाख २१ हजार २०० रुपैयाँ नगदसहित पोखरा महानगरपालिका–१ बाट ४९ वर्षीय अर्जुनकुमार गुरुङलाई पक्राउ गरेको हो ।

लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा अनुसन्धानमा खटिएको उक्त टोलीले गुरुङको कोठामा सुटकेसभित्र लुकाइछिपाइ राखेको अवस्थामा डाइजापान ६७०, फेनेरागन ६७०, नर्फिन ६७४ थान (एम्पुल) र एक थान मोबाइलसमेत पक्राउ गरेको प्रहरी प्रवक्ता सुभास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका गुरुङलाई लागुऔषधसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।
–रासस



प्रतिक्रिया दिनुहोस !