२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

प्रकाशित मिति :  २८ असार २०७८, सोमबार ०८:१६


काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा साेमबार फैसला सुनाउँदै सर्वाेच्चकाे संवैधानिक इजलासले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । १ सय ४६ सांसद्ले दायर गरेको रिटमा फैसला गर्दै इजलासले विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

इजलासले साउन ३ गते प्रतिनिधि सभा बैठक बाेलाउन पनि भनेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते दाेस्राे पटक प्रतिनिधि सभा विघटन गर्नुभएकाे थियाे । पहिलाेपटक पुस ५ मा गरिएकाे प्रतिनिधि सभा पनि सर्वाेच्चले पुर्नस्थापना गरिदिएकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !