२३ बैशाख २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

माधव गुटले भन्याे देउवालाई प्रधानमन्त्री बनाउन गरिएकाे हस्ताक्षर फिर्ता हुँदैन

प्रकाशित मिति :  २३ जेष्ठ २०७८, आईतवार ११:१०


काठमाडाैं । एमालेबाट निष्कासित माधवकुमार नेपालकाे गुटले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएकाे हस्ताक्षर फिर्ता नलिने जनाएकाे छ ।

आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको भर्चुअल भेलाबाट पारित १० बुँदे प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै माधव गुटले प्रतिनिधि सभा विघटन र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिने बताएकाे हाे ।

हस्ताक्षर फिर्ता हुने हल्ला निराधार रहेकाे उल्लेख गर्दै प्रस्तावमा लेखिएकाे छ  ‘नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधि सभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिने प्रयोजित हल्ला निराधार हो ।’

काम चलाउ प्रधानमन्त्री रहेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ २१ गते मन्त्रिमण्डलबा व्यापक हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशमाथि घात गरेको आराेप पनि माधव गुटले लगाएकाे छ । ओलीले वाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसद्‍माथि आक्रमण गरेको गम्भीर आराेप पनि माधव गुटले लगाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !