१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंलाई गिरफ्तार गरी कारवाही माग गर्दै उजुरी

प्रकाशित मिति :  १७ कार्तिक २०७९, बिहीबार १०:५२


काठमाडौं । चर्चित व्यापारी दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न भन्दै उजुरी परेको छ । प्रविन बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिँदै दुर्गा प्रसाईंलाई पक्राउ गरी अनुसन्धान र कारवाही गर्न माग गरेका हुन् ।

अस्पताल व्यवसायी प्रसाईंले झापामा रहेको उनको अस्पताल र मेडिकल कलेज खोल्दा नक्कली धनीपूर्जा बनाएको तथ्य सार्वजनिक भइसकेको छ । सोही नक्कली धनीपूर्जाको आधारमा प्रसाईंले नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनसीसी बैंक र प्रभु बैंकबाट पाँच अर्ब रुपैयाँ भन्दा धेरै ऋण लिएका छन् ।

ठूलो ऋण रकम कीर्ते धनीपूर्जाको आधारमा दिइएको तथ्य खुलेपछि नेपालको बैंकिङ क्षेत्रमा समेत खैलाबैला मच्चिएको छ भने नेपाल राष्ट्र बैंकले पनि यो विषयलाई गम्भीरता साथ लिएको छ । तर, राष्ट्र बैंकका दोस्रो तहका एक अधिकारीले प्रसाईंलाई जोगाउन प्रयास गरिरहेको बुझिएको छ ।

प्रसाईंले मेडिकल कलेज खोल्न मापदण्ड अनुसारको जग्गा पुराउन नसकेपछि झापाको धाइजन स्थित कित्ता नम्बर ७०६ को जग्गाको कीर्ते धनीपूर्जा बनाएर भएको भन्दा धेरै क्षेत्रफल देखाएका थिए ।

५ बिगाहा, ८ कठ्ठा १३ धुर जग्गा रहेकोमा प्रसाईंले कीर्ते धनीपूजा बनाएर १० बिगाहा १२ कठ्ठा १३ धुर बनाएका हुन् । प्रसाईंले सोही जग्गा विभिन्न बंैकहरुमा राखी पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लिएका हुन् ।

बैंकहरुको पाँच अर्ब रुपैयाँभन्दा धेरै ऋण लगानी जोखिममा परेपछि राष्ट्र बैंकका उच्च अधिकारीहरुले निरन्तर छलफल गरिरहेका छन् । यति ठूलो रकम ऋण जोखिममा पर्दा त्यसको असर समग्र बैंकिङ प्रणालीमै पर्ने देखिएपछि राष्ट्र बैंक गम्भीर बनेको हो ।

दुर्गा प्रसाईं एमालेका केन्द्रीय सदस्य पनि हुन् । त्यसैले यो प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थ मन्त्री जनार्दन शर्माले पनि चासोका साथ जानकारी लिइरहेको बुझिएको छ ।

स्रोत अनुसार दुर्गा प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउने प्रयासमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मा रहनुभएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले दुर्गा प्रसाईंलाई पक्राउ गर्न चासो दिइरहकै बेला अख्तियारमा उजरी परेको हो

निवेदकले सो उजुरीको वोधार्थ नेपाल प्रहरीको सिआईबी, सम्पत्ति शुद्धिकरण विभाग र झापा जिल्ला प्रहरी कार्यालयलाई पनि दिएका छन् ।

दुर्गा प्रसाईंको अन्य सम्पत्ति र बैंक खाताहरु रोक्का गरिसकेपछि मात्र गिरफ्तार गर्नुपर्ने पक्षमा बैंकहरु रहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस !