२२ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धनुषामा मोटरसाइकल दुर्घटना, एक पत्रकारको गयो ज्यान

प्रकाशित मिति :  ११ बैशाख २०८१, मंगलवार ११:१९


काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परि एक पत्रकारको ज्यान गएको छ ।

रेडियो धनुषाधामका सञ्चालक तथा ई न्युज ब्युरोका कार्यकारी सम्पादक धनुषाधाम नगरपालिका–५ का २८ वर्षीय विनयकुमार यादवको मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो । बिहान चार बजेतिर जनकपुरतर्फ जाँदै गरेको यादवले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका–६ को जनकपुर–ढल्केबर सडक खण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान ६ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ३० वर्षीय लक्ष्मीनारायण यादव घाइते भएका छन् । यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहको छ ।

मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !