१५ बैशाख २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

न्युरोड क्षेत्रमा सवारी साधन प्रवेश निषेध

प्रकाशित मिति :  १० आश्विन २०७९, सोमबार ०३:३७


काठमाडाैं । आजदेखि न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई प्रवेश निषेध गरिएकाे छ ।

न्युरोड क्षेत्रमा हुने सवारी चापलाई ध्यान दिँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अनि असाेज १४, १५ र १६ गते फुलपातीसम्मका लागि दिउँसाेकाे समयमा सवारी साधन प्रवेश निषेध गरेकाे हाे ।

असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको कार्यालयले जनाएकाे छ । न्युराेड क्षेत्रमा दशैंकाे किनमेल गर्नेहरुको घुइँचो हुने गर्छ ।

ताेकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !