१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर रुट परमिट खुला

प्रकाशित मिति :  १० आश्विन २०७९, सोमबार ०३:३४


काठमाडौं । आजदेखि यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ ।

दशैं तिहारलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी रुट परमिट खुला गरेको हाे । दशैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनेर रुट परमिट खुला गरिएकाे यतायात व्यवस्था विभागले जनाएकाे छ ।

आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा पनि कडाइ गरिएको छ । यान्त्रिक परीक्षण विना काठमाडाैं उपत्यकाबाट बाहिरिने लामो तथा छाेटाे दुरीका कुनै पनि गाडी चलाउन नपाइने विभागले जनाएका छ । यसरी चल्ने गाडीकाे बीमा पनि अनिवार्य हुनुपर्ने विभागले जनाएकाे छ ।

दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने भएकाले बीमा नगरेका यात्रुबाहक गाडीलाई पनि रुट परमिट नदिइने विभागले जनाएकाे छ ।

यस अवधिमा अति आवश्यक पर्ने सामान ल्याउनेबाहेक अठार र बीस चक्के सवारीसाधन चल्न पाउने छैनन् । विभागले १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म अठार र बीस चक्के सवारीसाधान सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !