१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेका मनोनीत सदस्यहरुले लिए सपथ

प्रकाशित मिति :  २९ मंसिर २०७८, बुधबार ०७:४९


काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित एक कार्यक्रमबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित ४४ जना सदस्यहरुलाई पद तथा गाेपनियताकाे शपथ खुवाउनुभएकाे हाे ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ४४ मध्ये ७ जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेका नेता हुन्  भने ३७ जना नयाँ हुन् ।

मंसिर २६ गते भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले ४४ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेकाे थियाे ।



प्रतिक्रिया दिनुहोस !