१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुमारी बैंककाे नयाँ सेवा, फाेनलाेन ई.एम.आई. मा भुक्तानी गर्न सकिने

प्रकाशित मिति :  २० मंसिर २०७८, सोमबार ०९:३७


काठमाडाैं । नेपालमै पहिलाे पटक कुमारी बैंक लिमिटेडले फाेनलाेन ई.एम.आई. (EMI) मा  भुक्तानी गर्न सकिने सुविधा ल्याएकाे छ ।

बैंकले आफ्ना ग्राहककाे आवश्कता व्यवव्थापनकाे लागि गतवर्ष देखि नै फाेनलाेन सेवा संचालनमा ल्याएकाे थियाे ।

कुमारी बैंकले नेपालमै पहिलाे पटक एफ वान सफ्ट प्राइभेट लिमिटेड सँगकाे सहकार्यमा EMI मा फाेनलाेन  भुक्तानी गर्ने सुविधा संचालनमा ल्याएकाे हाे ।

यस सुविधा अनुसार विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम एक हजार देखि दुई लाख रुपैयाँ सम्म कुमारी स्मार्ट माेबाइल बैकिङ्गबाट कुनै धिताे वा कागजी प्रकृया बिना फाेनलाेन सुविधा सहजै प्राप्त गर्न सकिने  कुमारी बैंकले जनाएकाे छ ।

साे कर्जा आयश्राेतका आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधि छनाेट गरी भुक्तानी गर्न सक्ने व्यवस्था बैंकले गरेकाे छ ।

‘सानातिना व्यक्तिगत आकास्मिक खर्चहरु पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकलाई सहज हुन्छ ।’- बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल बताउनुहुन्छ ।

फाेनपे नेटवर्कमा आवद्ध मर्चेट आउटलेटमा उपभाेग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभाेग गर्दा QR Scan गरी Buy Now Pay latter अवधारणामा भुक्तानि गर्दा पनि किस्ताबन्दीमा गर्न सकिने व्यवस्था बैंककाे विज्ञप्तिमा उल्लेख छ ।

कुमारी बैंकका Chief Digital Banking अनिष ताम्राकार बताउनुहुन्छ- ‘आगामी दिनहरुमा यस फाेनेलाेअनलाई अझ विस्तार र विकसित गर्दै लाने, उपभाेक्तालाई सहज र प्रभावकारि बनाउनेछाैं ।’

प्रभापकारी तथा ग्राहकमुखि बनाउँन देशव्यापी रुपमा एक सय ९६ शाखा- सञ्जाल, एक सय ७७ एटिएम, ३६ शाखा रहित बैंकिङ्ग इकाई साथै १२ एक्टेन्सन काउन्टर मार्फत् अत्याधुनिक वित्तिय सेवा सुविधा दिने बैंककाे आगामि याेजनाहरु छन् ।

 



प्रतिक्रिया दिनुहोस !