१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेकाे कांग्रेस र माओवादी केन्द्रले नक्कल गरे-महेश बस्नेत

प्रकाशित मिति :  ४ मंसिर २०७८, शनिबार ०६:०३


काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र माओवादी केन्द्रले एमालेकाे नक्कल गरेका बताउनु भएकाे छ ।

नेकपा एमाले जिल्ला कमिटी भक्तपुरकाे विस्तारित बैठकलाई आज सम्बाेधन गर्दै नेता बस्नेतले साे कुरा बताउनुभएकाे हाे । एमालेकाे अभ्यासकाे पछ्याउँदै कांग्रेसले नीति र नेतृत्वकाे अधिवेशन छुट्टाछुट्टै गर्ने प्रस्ताव ल्याएकाे छ । माओवादी केन्द्रले एमालेकाे नक्कल गर्दै आज देशैभर वडा सम्मेलन गर्दैछ । यसप्रति लक्षित गर्दै नेता बस्नेतले कांग्रेस र माओवादीले गरेका बताउनुभयाे ।
‘एमालेकाे कपी गरेर कांग्रेस र माओवादी हिँडेका छन्,यसका लागि म धन्यवाद दिन्छु, माओवादी र कांग्रेसले केही नभनी कपी गर्दैछन् ।’ नेकपा एमाले सबै राजनीतिक दलकाे अगुवा गर्ने पार्टी भएकाले कांग्रेस-माओवादीले आफूहरुकाे नक्कल गरेकाे महेशले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘वैचारिक हिसाबले लिड गर्ने पार्टी एमाले हाे, समृद्ध नेपाल सुखी नेपालीकाे अभियान अगाडि बढाउने पार्टी एमाले हाे, दलाल पुँजीवादीतन्त्रकाे कडा विराेध गर्ने पार्टी एमाले हाे, त्यसैले सबै दलले एमालेकाे नक्कल गर्छन् ।’

पार्टीकाे दशाैं राष्ट्रिय महाधिवेशनले नेकपा एमालेले फेरि दुई तिहाइ बहुमत साथ चुनाव जितेर देशकाे नेतृत्व गर्छ भन्ने सन्देश दिने उहाँले बताउनुभयाे । महाधिवेशनबाट अध्यक्ष केपी ओलीकाे उचाइ अझ बढ्ने भन्दै नेत बस्नेतले केपी ओलीकाे नेतृत्वमा राष्ट्र,राष्ट्रियता र देशकाे राजनीतिलाई अझ उचाइ दिने बताउनुभयाे । एमाले नयाँ ढंगले अगाडि बढिरहेकाे पनि नेता बस्नेतले बताउनुभयाे ।

महाधिवेशनमा सहज हाेस भनेर औषधि,खानेपानी आवश्यक खानेकुरा लिएर जान भक्तपुरका प्रतिनिधिलाई सुझाव पनि दिनुभयाे ।



प्रतिक्रिया दिनुहोस !