१९ बैशाख २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा

प्रकाशित मिति :  ६ कार्तिक २०७८, शनिबार ०२:३३


काठमाडाैं । बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।

बेमौसमी वर्षापछि आएको बाढीका कारण तीनदिनदेखि बन्द रहेकाे विमानस्थल आज सञ्चालन हुन लागेकाे हाे । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायत ठाउँ डुबानमा परेका थियो ।

जमेको पानी सुक्दै गएपछि आजबाट विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षण गरेर विमानस्थलमा आज बिहान १० बजेदेखि उडान सुरु गर्न लागिएकाे प्राधिकरणले जनाएकाे छ ।

तीन दिनसम्म विमानस्थलबाट कुनै उडान नहुँदा हवाई यात्रु प्रभावित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !