१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मिर्गाैला पीडितको नाममा ठगी, पाँच जना पक्राउ

प्रकाशित मिति :  १३ आश्विन २०७८, बुधबार ०९:०४


पाल्पा । पाल्पामा मिर्गाैला पीडितको नाममा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्रेकाे छ । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालार्ई प्रहरीले पक्राउ गरेको हो ।

गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका केदार विक र सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा सङ्कलन गरी लुिकछिपी बसेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ हो । उनीहरुको साथबाट २१ हजार दुई सय ५५ बरामद गरिएको प्रहरीको दाबी छ ।

सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद भेटिएको छ । पक्राउ गरिएका पाँचजना अभियुक्तलाई जिल्ला अदालत पाल्पामा हाजिरी गराई म्याद थप गरी कारवाही अगाडि बढाएको जनाएको छ ।

–रासस



प्रतिक्रिया दिनुहोस !