१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

झापामा चार डाँका पक्राउ

प्रकाशित मिति :  २१ भाद्र २०७८, सोमबार ०८:३५


झापा । डाँका उद्याेगमा प्रहरीले चार जनालाई झापाबाट पक्रेकाे छ ।

पक्राउन पर्नेमा मेचीनगर नगरपालिका-१४ बस्ने २७ वर्षीय कृष्ण बिर्जा, साेही ठाउँका १९ को शैलेश राजबंशी, २० वर्षीय बिष्णु भण्डारी, १९ वर्षीय कमल विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

भदाै १४ गते भद्रपुर-९ प्रणामी टोलका अशोक तिम्सिना प्रणामी मन्दिरमा पूजा गर्न गएकाे माैका छाेपी उनीहरु झ्याल फाेडेर अशाेककाे घरमा पसेका थिए । तर अशाेककी श्रीमतीले प्रहरीलाई फाेन गरेजस्ताे गरेपछि उनीहरु त्यहाँबाट भागे ।

एकछिनमा प्रहरीकाे बर्दी लगाएका २ सहित ४ जनाले अशाेककाे घर घेरेजस्तै गरेर भागे । मन्दिरबाट फर्केपछि अशाेकले उनीहरुकाे खाेजी गरेका थिए । कृष्ण मन्दिर नजिक भेटेर अशाेकले सोधपुछ गर्दा प्रहरीको बर्दी लगाएका २ जनाले आफूहरु प्रहरी भएकाे र घर फोड्दै गरेका २ जनालाई समाएर चौकीतर्फ लैजान लागेका बताएका थिए । अशाेकले उनीहरु डाँका रहेकाे शंका पाएपछि प्रहरीलाई खबर गरे । डाँकाहरु फरार भए  ।

फरार चारै जनालाई भदाै १८ गते पक्राउ गरिएकाे प्रहरीले जनाएकाे । प्रहरीले उनीहरुकाे साथबाट नेपाल प्रहरीको टाटे पाङग्रे कम्ब्याट ड्रेस १ जोर, सादा चुस्ता ड्रेस एक जोर, कालो रङको छालाको बुट एक जोर र खुकुरी समेत बरामद गरेकाे छ । निजहरुलाई डाका उद्योग मुद्दामा थप अनुसन्धानको लागि झापा जिल्ला अदालत झापाबाट भदाै २० गते दिन ७ म्याद थप गरी थप अनुनसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !