१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अधिकांश स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

प्रकाशित मिति :  १० असार २०७८, बिहीबार ०२:२९


काठमाडौं । आगामी आर्थिक वर्ष ०७८-०७९ का लागि अधिकांश स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै छन् ।

अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आ-आफ्नो नगर तथा गाउँ सभामा प्रस्तुत गर्न लागेका हुन् ।  ७ सय ५३ स्थानीय तहमध्ये कतिपयले यसअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले आज नीति तथा कार्यक्रम प्रस्तुत गरी आजै सभामा बजेट पेस गर्ने छन् ।

असार १० गतेसम्म आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुैपर्ने संवैधानिक व्यवस्था छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐन अनुसार सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐन समेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय तहलाई संघीय र प्रदेश सरकारले समानीकरण अनुदान, समपुरक, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन् । काेभिड महामारी राेकथाम तथा नियन्त्रणलाई प्राथमिकता दिँदै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् ।



प्रतिक्रिया दिनुहोस !