१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

महिलाकाे अपमान गर्नु भनेकाे आमा बिर्सनु हाे – प्रम ओली

प्रकाशित मिति :  २९ फाल्गुन २०७७, शनिबार ११:०२


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाकाे अपमान गर्नु भनेकाे आमा बिर्सनु भएकाे बताउनु भएकाे छ  ।

अखिल नेपाल महिला संघकाे राष्ट्रिय भेलालाई काठमाडाैंमा सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे – ‘महिलाकाे अपमान गर्नु भनेकाे आमा बिसर्नु हाे, आमाकाे अपमान गर्नु, त्यस्ता मानिसबाट हताेत्साहित हुनुहुँदैन ।’

पुरूष सांसद् भए आफ्नै बाहुबलले महिला सांसद् बने कसरी बन्याे ? भनेर प्रश्न उठाउने, अपमान गर्ने प्रवृत्ति देखिएकाे बताउँदै उहाँले भन्नुभयाे – ‘यस्ता मानसिक चिन्तनकाे अपरेशन गर्नुपर्छ टाउकाकाे हाेइन,सामाजिक न्याय  र समानता भनेर बाेल्ने व्यवहार उल्टाे गर्नेहरू पनि यहीँ छन् ।’

प्रधानमन्त्री ओलीले हिंसाविरूद्ध विद्राेह गर्न पनि महिलाहरूलाई आग्रह गर्नुभयाे । बाेक्सी काेही नहुँने भन्दै उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयाे – ‘यदि बाेक्सी हुन्थे भने मलाई लगाइदिने थिए मेरा विराेधीले तर बाेक्सी हुँदैन यस्ता कुरामा विश्वास नगराैँ ।’

छाउपडीबिरूद्ध उत्रन पनि उहाँले महिलाहरूलाई आग्रह गर्नुभयाे – ‘तपाईंहरू लुसुक्क गाेठमा लुक्न नजानुस्, जसले तपाईंलाई जा भन्छ उसैलाई घर छाडेर तिमी नै गाेठ जाउ भन्नुस्, विद्राेह गर्नुस्,आवाज उठाउनुस् ।’



प्रतिक्रिया दिनुहोस !