१४ बैशाख २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विशाल कटुवाल ‘म्यान अफ दि वल्र्डमा’ सहभागी हुन फिलिपिन्स प्रस्थान

प्रकाशित मिति :  २३ जेष्ठ २०८०, मंगलवार ०६:५५


काठमाडाैं । माेडल विशाल कटुवाल ‘म्यान अफ दि वल्र्डमा’ सहभागी हुन फिलिपिन्स प्रस्थान गर्नुभएकाे छ ।

विश्वको चर्चित कार्यक्रम ‘म्यान अफ दि वल्र्ड २०२३’मा मोरङका विशाल कटुवालले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

आगामी जुन १६मा फिलिपिन्सको मनिलामा हुने उक्त कार्यक्रममा सहभागि हुन आज उहाँ फिलिपिन्स जानुभएकाे छ ।

केहि दिन अघि पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाललाई आफ्नै निवास बालकोटमा वोलाएर नेपालको झण्डा सहित वधाई तथा सफलताको शुभकामना दिनुभएको थियाे ।

२८ वर्षिय विशाल पेशाले इन्जिनियर हुनुहुन्छ । इन्जिनियर विशाल कलाकारिता क्षेत्रमा पनि उत्तिकै अब्बल मानिनुहुन्छ । चलचित्रमा समेत अभिनय गरिसक्नुभएका विशालले थुप्रै म्युजिक भिडियो र गीतमा समेत अभिनय गरिसक्नु भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !