६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दक्षिण कोरियाले नेपाललाई अझै धेरै सहयोग गर्ने, सी जिनपिङद्धारा सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी युद्धविरामका लागि काम गर्न आह्वान

प्रकाशित मिति :  २६ बैशाख २०८१, बुधबार २०:२८


काठमाडाैं । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ।

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सहयोगलाई बृद्धि गर्ने कुरा बताउनुभएको हो ।

राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गर्नुभयो । कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ।

चीनका राष्ट्रपति सी जिनपिङले सबै पक्षसँग गाजा पट्टीमा तत्काल, व्यापक र स्थायी युद्धविरामका लागि काम गर्न आह्वान गर्नुभएको छ ।

उहाँले मध्यपूर्वमा स्थायी शान्ति प्राप्त गर्नका लागि संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टिनलाई पूर्ण सदस्यता दिन, प्यालेस्टिनको वैध राष्ट्रिय अधिकार पुनःस्थापना गर्न तथा दुई–राज्य पुनः सुरु गर्न चीनले समर्थन गरेको बताउनुभएको छ ।

पेरिसमा आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मलेनमा उहाँले भन्नुभयो, “यो लामो त्रासदी मानव विवेकको परीक्षा हो, अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्छ ।”

युक्रेन सङ्कटबारे राष्ट्रपति सीले धेरै पटक चीनले सङ्कटका बारेमा आफ्नो अडान राखिसकेको बताउनुभयो । “चीनले युक्रेन सङ्कट सुरु गरेको होइन, न त यो त्यसको पक्ष वा सहभागी हो, दर्शक बन्नुको सट्टा हामीले शान्तिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

चार सैनिकको मृत्यु हुनेगरी भएको रकेट हमलाको जवाफमा केरेम शालोम सीमा क्रसिङ बन्द गरेको चार दिनपछि इजराइलले बुधबार गाजाका लागि मानवीय सहायताका लागि उक्त सीमा पुनः खोलेको बताएको छ ।

अन्तर्राष्ट्रिय समुदायले दान गरेको खाना, पानी, आश्रय उपकरण, औषधि र चिकित्सा उपकरणसहित मानवीय सहायता बोकेका इजिप्टबाट ट्रकहरू क्रसिङमा आइपुगेको सेनाले प्यालेस्टिनी नागरिक मामिला निरीक्षण गर्ने रक्षा मन्त्रालयको निकाय कोगाटसँगको संयुक्त विज्ञप्तिमा जनाएको छ । निरीक्षण गरेपछि क्रसिङको गाजा छेउमा आपूर्ति हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दा बढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक दलका सदस्यहरू बिरामी परि बिदामा बसेका कारण रद्द भएको छ ।
एयर इन्डिया एक्सप्रेसले बुधबार आफ्नो उडान सञ्चालनमा ठूलो अवरोधको सामना गर्नु परेको जनाएको छ ।

७० वटा रद्द उडानमा प्रायः अन्तर्राष्ट्रियका वरिष्ठ चालक दलका सदस्य बिरामी भएकोे थिए ।



प्रतिक्रिया दिनुहोस !