१२ श्रावण २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक

प्रकाशित मिति :  ६ जेष्ठ २०८१, आईतवार १८:१५


काठमाडौँ । मुस्ताङमा दुई दशक बिताउनुभएका इटालियन नागरिक लुइगी फेइनी र अमेरिकी नागरिक केन्नथ पार्करले ‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ शीर्षकको चित्र पुस्तक प्रकाशनमा ल्याउनुभएको छ ।

जर्मनीको हिरमरले प्रकाशन गरेको सो पुस्तक आज यहाँ आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मुस्ताङमा २० वर्ष बस्दा लुइगीले बसेर प्रत्यक्ष अवलोकन तथा अध्ययन गरी त्यहाँका गुम्बाभित्रका चित्रकला र ल्याण्डस्केप पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो ।

पुस्तक सार्वजनिक गर्र्दै उहाँले पाठकमाझ मुस्ताङमा बिताएका समय स्मरण गर्नुभयो । “नेपालमा धेरै सुन्दर स्थान छन्”, उहाँले भन्नुभयो, “तर मलाई मुस्ताङको सौन्र्दयले बढी आकर्षित ग¥यो ।” पुस्तकमा मुस्ताङको धर्म, संस्कृति, परम्परा र त्यहाँको जनजीवन झल्किने तस्बिर समावेश गरिएको उहाँको भनाइ छ ।

बज्र बुक्सका प्रमुख विदुर डङ्गोलले मुस्ताङलाई विश्वमा चिनाउन पुस्तक सहयोगी बन्नसक्ने धारणा राख्नुभयो । पहिलो चरणमा तीन हजारप्रति बजारमा आएको पुस्तकको मूल्य रु १२ हजार तोकिएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !