५ असार २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विश्वमा साइवर अपराधको बिगबिगी

प्रकाशित मिति :  ५ जेष्ठ २०८१, शनिबार १७:३०


काठमाडाैं । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू वर्षेनी बढ्दै जाने बताउनुभएको छ ।

कृत्रिम बौद्धिकता (एआई)को आगमनसँगै विश्वमा साइबर अपराधको वृद्वि भइरहेको छ । साइबर अपराध अपराधको एक प्रकार हो, जसमा कम्प्युटरलाई अपराधको वस्तुको रुपमा लिइन्छ । साइबर अपराध भनेको कम्प्युटर नेटवर्कमार्फत गरिएको आपराधिक गतिविधि हो । अर्थात साइबर अपराधलाई इन्टरनेट र डिजिटल यन्त्रहरूमार्फत कानूनद्वारा निषेध गरिएको अरूको निजी ठाउँमा गएर आपत्तिजनक सामग्री र दुर्व्यवहारको माध्यमबाट सञ्चालित गैरकानूनी गतिविधिहरू भनेर परिभाषित गर्न सकिन्छ । बढ्दो प्रविधिको प्रयोगले मानिसको जीवनलाई अत्यन्तै सहज बनाए पनि यसको सही सदुपयोग नहुँदा यसले समाजमा विकृति पैदा गरिरहेको छ ।

इजरायलको अर्थतन्त्रले साइबर आक्रमणका कारण वार्षिक १२ अर्ब डलर नोक्सान बेहोरेको देशको राष्ट्रिय साइबर निर्देशनालयले जारी गरेको नयाँ प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनमा प्रस्तुत गरिएको रकम छोटो अवधिमा आक्रमणबाट हुने क्षतिलाई सम्हाल्ने लागतहरूको विश्लेषणमा आधारित रहेको छ । साइबर आक्रमणबाट राष्ट्रिय उत्पादनमा परेको ठूलो आर्थिक भार र अर्थतन्त्रमा हुने नोक्सानी पहिलोपटक तथ्यांकले देखाएको एएनआईले उल्लेख गरेको छ ।

भियतनामको प्रहरीले हालै घरेलु र अन्तर्राष्ट्रिय रूपमा हजारौं फेसबुक खाताहरू चोरी गरी नियन्त्रणमा लिएको आरोपमा २० जनालाई पक्राउ गरेको छ । यसबाट उनीहरूले झन्डै ४० लाख डलर नाफा कमाएका छन् । भियतनामी अनलाइन समाचारपत्र भिएनई एक्सप्रेसका अनुसार २५ हजारभन्दा बढी उच्च–मूल्य व्यापार खाताहरू अधीनमा लिन मालवेयर फैलाएको आरोप छ । मालवेयर भनेको प्रयोगकर्ताको सहमतिबिना कम्प्युटरमा स्थापना गरिएको सफ्टवेयर हो जसले पासवर्ड वा पैसा चोर्ने जस्ता खराब कार्यहरू गर्दछ ।

मालवेयर पत्ता लगाउने धेरै तरिकाहरू छन् तर सबैभन्दा सामान्य खराब फाइलहरू वा प्रोग्रामहरूका लागि कम्प्युटर स्क्यान गर्नु हो । यो समूहको नेतृत्व ३१ वर्षीय दाङ डिन्ह सनले गरेको विश्वास गरिन्छ । उनले फेसबुक प्रयोगकर्ताको खाताको जानकारी चोर्नका लागि ४१ हजार दुई सय डलरको मालवेयर स्रोत खरिद गरेका थिए । यो मालवेयर प्रयोग गरी दुई फोटो सम्पादन साइटहरू ‘आर्ट बे एआई’ र ‘इभोटो स्टुडियो’सँग सम्बन्धित दुई लोकप्रिय फेसबुक फ्यान पृष्ठहरू नियन्त्रण गर्नका लागि प्रयोग गरेको त्यहाँको मिडियाले जनाएको छ ।

आर्ट बे एआई (कृत्रिम बुद्धिमत्ता कला) डिजिटल कलाको कुनै पनि रूप हो जुन एआई उपकरणहरूद्वारा सिर्जना वा परिष्कृत गरिन्छ । इभोटो स्टुडिया अर्को पुस्ताको फोटो रिटचिङ उपकरण हो । यसले फोटो सम्पादनका विभिन्न पक्षहरूलाई स्वचालित र वृद्धि गर्न उन्नत कृत्रिम बुद्धिमत्ता प्रविधिहरू प्रयोग गर्छ । त्यसपछि तिनीहरूले फेसबुक प्रयोगकर्ताहरूलाई एउटा अनुप्रयोग डाउनलोड र स्थापना गर्न प्रलोभन दिएर यसको मालवेयरले प्रयोगकर्ताहरूको उपकरणहरूमा प्रवेश गर्नेछ ।

चोरी भएको डाटा सङ्कलन गरी सनद्वारा नियन्त्रित सर्भरमा फिर्ता पठाइयो र त्यसपछि टेलीग्राममा पाँच समूहहरूमा वितरण गरियो, ताकि उसको टोलीका सदस्यहरूलाई प्रयोगकर्ता खाताहरू अपहरण गर्न अनुमति होस् । गिरोहले नाफाका लागि उच्च मूल्यका फेसबुक खाताहरू बेचेको थियो । कम मूल्यका अन्य खाताहरू इ–कमर्स प्लेटफर्महरूमा कपडा र अन्य वस्तुहरू बेच्न विज्ञापनहरू चलाउन प्रयोग गरियो । त्यसबापत अभियुक्तले ३८ लाख डलर कमाएको थियो । अप्रिलसम्म भियतनाम फेसबुक प्रयोगकर्ताहरूको कुल संख्याको आधारमा विश्वमा सातौं स्थानमा रहेको समाचार ऐजेन्सी एएफपीमा उल्लेख भएको थियो ।

यस्तै एउटा वेबसाइट जसले अन्तर्राष्ट्रिय साइबर ठगीकर्ताहरूलाई ७० हजार ब्रिटिस पीडितहरूलाई बैंक खाता विवरण र पासवर्डहरू जस्ता व्यक्तिगत जानकारीहरू प्रकट र ठगी गर्न अनुमति दिएको लन्डन प्रहरीले बताएको छ । उनीहरूले ल्याबहोस्ट साइट कब्जा गरेको थिए, जसले दुई हजारभन्दा बढी अपराधीहरूलाई ‘फिसिङ’ साइटहरू सिर्जना गर्न सक्षम बनाएको छ । फिसिङ एक प्रकारको सोसल इन्जिनियरिङ आक्रमण हो, जुन प्रायः लगइन प्रमाणहरू र क्रेडिट कार्ड नम्बरहरूसहित प्रयोगकर्ता डेटा चोरी गर्न प्रयोग गरिन्छ । यसले पीडितहरूलाई चार लाख ८० हजार बैंक कार्ड नम्बरहरू र ६४ हजार नम्बरहरू प्रकट गर्न पाएको छ ।

बेलायत र विदेशमा कानून प्रवर्तनले अप्रिलदेखि ३७ जनालाई गिरफ्तार गरेको र अन्य आठ सय जनाले पुलिसलाई उनीहरूको पहिचान थाहा छ भनेर चेतावनी दिइएको थियो । तीमध्ये धेरैको अनुसन्धान जारी रहेको छ । बेलायती प्रहरीले हजारौँको व्यक्तिगत डाटा चोरी गर्ने साइबर जालसाजी नेटवर्कलाई अवरुद्ध गरेको छ । साइटले ४० हजार घोटाला साइटहरू सेट अप गर्न एक सय ७० कम्पनीहरूको प्रोफाइलहरू प्रयोग गर्न कम प्राविधिक जानकार प्रयोगकर्ताहरूका लागि टेम्प्लेटहरू र कसरी गर्ने पाठ प्रदान ग¥यो । पुलिसले २५ हजार बेलायतका पीडितहरूलाई उनीहरूको डेटा सम्झौता भएको बारे सूचित गरेको समाचार ऐजेन्सी एपीले प्रकाशित गरेको छ ।

डिजिटल साक्षरता कम भएका नेपालजस्ता मुलुकहरुमा यो समस्या अझ विकराल बन्दैछ । नेपालमा यस वर्ष नौ हजार १३ साइवर अपराधका मुद्दा दर्ता भएको छ । मुख्यतः नेपालमा फिसिङ अटैक, फेक प्रोफाइल, सेक्स टोसनजस्ता मुद्दा बढी दर्ता भएको साइबर ब्यूरोले जानकारी दिएको छ । सेक्स टोसन अपराधमा, अपराधीले पीडितलाई आफ्नो निजी र नग्न तस्बिरहरू वा भिडियोहरू फोनमा साझा गर्न प्रलोभन दिन्छ र प्रेरित गर्दछ । धेरै अवस्थामा व्यक्ति डेटिङ एप्स वा वैवाहिक वेबसाइटहरू र एपहरूमार्फत अज्ञात व्यक्तिहरूसँग सम्पर्कमा आउँछन् । तिनीहरूसँग जोडिएका प्रोफाइलहरू प्रायः नक्कली हुन्छन् । उदाहरणको रुपमा एक जना युवतीलाई करिब पाँच महिनाअघि सामाजिक सञ्जाल फेसबुकमा युवकको‘फ्रेण्ड रिक्वेस्ट’ आयो । फेसबुक वालमा युवतीको आकर्षक तस्वीर देखेपछि युवकले साथी बन्ने प्रस्ताव पठाएका थिए ।

युवतीसँग युवकले केहीदिन कुरा गरेपछि युवक युवतीसँग अत्याधिक नजिक हुँदै जान्छन् । करिब एक महिनाको कुरा गरेपछि युवकले युवतीलाई नग्न तस्विरहरू र भिडियोहरू साझा गर्न प्रेरित गर्छन् । पछि युवतीले दिएको नग्न तस्वीरहरु युवकले राखी युवतीलाई ब्ल्याकमेल गर्न थाल्छ । उसले पैसाका लागि युवतीलाई जबरजस्ती गर्न थाल्छ । पैसा नदिएको खण्डमा युवकले युवतीको तस्बिर र भिडियो इन्टरनेटमा उसको परिवार आफन्त साथीहरुसँग सेयर गर्ने धम्की दिन्छ । हाल हाम्रो समाजमा यस्ता घटनाहरु बढिरहेको र साइवर अपराधलाई बढावा दिइरहेको छ ।

साइवर अपराध २१औँ शताब्दीको प्रमुख समस्या भएको छ । यसलाई समय अनुकूल रोक्न सकिएन भने भोलि कोभिड–१९ भन्दा बढी डरलाग्दो समस्या ल्याउनसक्ने साइवर सुरक्षामा संलग्न व्यक्तिहरु बताउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्ले समय अनुकूल कडा कानुन निमार्णका लागि जोड दिइरहेको बेला नेपालमा पनि नयाँ कानून ल्याउन लागिएको छ । यसको कार्यान्वयनमा जोड दिन सकिएमा सामाजिक सद्भाव बढाउन र आपराधिक प्रवृत्तिलाई निरुत्साहित गर्न सहयोग पुग्नेछ ।

–रासस


113
Shares

प्रतिक्रिया दिनुहोस !