६ जेष्ठ २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

प्रकाशित मिति :  २६ बैशाख २०८१, बुधबार १०:२५


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा दिउँसाे १ बजे बस्ने बैठकमा पार्टी विभाजनपछिकाे अवस्था र आगामी रणनीति लगायत विषयमा छलफल हुने जसपाले जनाएकाे छ । जसपा नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने तयारी गरेकाे छ ।

बैठकमा देशकाे पछिल्लाे राजनीतिक अवस्थाबारे पनि छलफल हुनेछ । जसपा अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका अशाेक राईकाे समूहले पार्टी फुटाएकाे थियाे । अशोक राईको नेतृत्वमा ७ जना सांसद् अलग भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भइसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !