२७ बैशाख २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ विधेयकहरु राष्ट्रिय सभामा दर्ता गर्नुपर्छ : उपाध्यक्ष घिमिरे

प्रकाशित मिति :  ९ बैशाख २०८१, आईतवार १७:३३


काठमाडाैं । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले राष्ट्रिय सभामा पनि केही नयाँ विधेयकहरु दर्ता हुनुपर्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग छलफल गर्दै उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभालाई बिजनेसबिहीन हुन नदिन अब नयाँ आउने विधेयकहरु राष्ट्रिय सभामा पनि दर्ता हुनुपर्ने बताउनुभयाे । यसका लागि छलफल भइरहेको उहाँकाे भनाइ छ ।

धेरै विधेयकहरु प्रतिनिधि सभामा मात्रै थुप्रिने अवस्था अन्त्य गर्नका लागि पनि केही विधेयकहरु राष्ट्रिय सभामार्फत अघि बढ्नुपर्ने उपाध्यक्ष घिमिरेले बताउनुभयो ।

उहाँले चैत्र २८ गते पदबहाली भएसँगै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभयो । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहँदा संविधान, नियमावलीको परिधिभित्र रहेर प्रभावकारी भूमिका निर्वाह गर्ने उपाध्यक्ष घिमिरेले बताउनुभयो ।

उहाँले महिला सांसद्हरु सूचनाबाट टाढा हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयाे । उपाध्यक्ष पाैडेलले समावेशी सहभागिताको आधारमा महिलाको हरेक विषयमा पहुँचको सुनिश्चितता हुनुपर्ने बताउनुभयो । महिला सांसद्प्रति सञ्चारमाध्यमले हेर्ने द‍ृष्टिकोणलाई पनि परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !