१७ बैशाख २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

प्रकाशित मिति :  ४ बैशाख २०८१, मंगलवार १२:३४


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार गठन र एकीकृत समाजवादीको भूमिका तथा अन्य राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सनाले उहाँहरुबीच पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !