२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ ५ हजार ३ सय मतले अगाडि

प्रकाशित मिति :  १७ बैशाख २०८१, सोमबार १६:२६


काठमाडौं । प्रतिनिधि सभातर्फ इलाम–२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३ सय बढी मतले अगाडि रहनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५ हजार ३ सय २ मतको अग्रता लिनुभएको छ । सुहाङले १४ हजार ६ सय १३ मत ल्याउँदा डम्बरले ९ हजार ३ सय ११ मत पाउनुभएको छ ।

पहिचान पक्षधर मुढा चुनाव चिन्न लिनुभएका डकेन्द्रसिंह थेगिमले ८ हजार ५ सय ७० मत पाउनुभएको छ । दोस्रो स्थानका लागि खड्का र थेगिम बिच निरन्तर प्रतिस्पर्धा छ ।

हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ हजार ५६ मत पाउनु भएको छ ।



प्रतिक्रिया दिनुहोस !