२ जेष्ठ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ ः मन्त्री भण्डारी

प्रकाशित मिति :  १७ बैशाख २०८१, सोमबार १६:४२


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई पनि भविष्यमा फाइदा पुग्ने बताउनु भएको छ ।

१७ औं नेपाल–चीन(तिब्बत) आर्थिक तथा व्यापार मेलाको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री भण्डारीले रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै त्यहाँ बढिरहेको आर्थिक गतिविधिबाट र रेलवे नेटवर्कले भविष्यमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाल र चीन इतिहासको लामो कालखण्डदेखि नै नजिकको व्यावसायिक सहयात्री रहेको उल्लेख गदै मन्त्री भण्डारीले उच्च हिमालय र कठिन भौगोलिक अवस्थिति नेपाल–चीन व्यापारमा कहिले पनि वाधाका रूपमा नरहेको बताउनु भयो ।

उहाँले चीनसँग नेपालको व्यापार घाटा बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको बजारलाई हेरी चिनियाँ लगानी औद्योगिक उत्पादनको विकास र विस्तार गर्न सकिनेमा जोड दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !